२ राजा 22:20 - पवित्र बाइबल20 ‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै सङ्कटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।’” त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसैकारण म तँलाई तेरा पित्रहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित गाड़िनेछस्। यस ठाउँमाथि ल्याउने सबै सर्वनाश तेरा आँखाले देख्नेछैनन्।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 र मैले यरूशलेममा ल्याउने दण्ड तेरो मृत्युअघि आउनेछैँन। तँ मरेपछि शान्तिसित गाडिनेछस्।” त्यो समाचार लिई ती मानिसहरू योशियाह राजाकहाँ फर्किगए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” तब तिनको यही जवाफ तिनीहरूले राजाकहाँ लगे। Viz kapitola |