२ राजा 22:18 - पवित्र बाइबल18-19 “यहूदाका राजा योशियाहले तिमीलाई परमप्रभुबाट सल्लाह लिन भनी पठाए। योशियाहलाई यी कुरा भनः ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएका शब्दहरू तिमीले सुन्यौ। यस ठाउँ र यहाँ बस्ने मानिसहरूको विषयमा मैले भनेको तिमीले सुन्यौ तिम्रो हृदय कमलो थियो। तिमीले दुःख मान्यौ जब ती कुरा सुन्यौ मैले भनें यस ठाउँमा डरलाग्दो घटनाहरू हुनेछ (यरूशलेम) तिमीले आफ्नो दुःख देखाउन आफ्नो लुगा च्यात्यौ अनि तिमी रून थाल्यौ। यसैकारण मैले तिम्रो कुरा सुने।’ परमप्रभु यस्तो भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 परमप्रभुलाई सोधपूछ गर्न पठाउने यहूदाका राजालाई तिमीहरूले यही कुरा भन, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 राजा आफैंलाई चाहिँ म इस्राएलका परमप्रभु परमेश्वर यसो भन्दछु, ‘त्यस पुस्तकमा लेखिएका कुरा तैँले सुनिस् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 याहवेहसित सल्लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: Viz kapitola |