२ राजा 22:17 - पवित्र बाइबल17 यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र आफ्नै हातले बनाएका सबै मूर्तिहरूद्वारा मलाई रीस उठाएका छन्। यसैकारण यस स्थानको विरुद्धमा मेरो रीस उठेको छ, र त्यो शान्त हुनेछैन’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूले मलाई अस्वीकार गरे र अरू देवी-देवताहरूलाई बलि चढाए। यसरी तिनीहरूले आफ्ना कामले मेरो क्रोध जगाएका छन्। यरूशलेममाथि मेरो क्रोध उठेको छ र मेरो क्रोध मर्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूकहाँ धूप बालेका छन्। तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाएको कारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्किनेछ, र त्यो थामिनेछैन।’ Viz kapitola |