२ राजा 22:14 - पवित्र बाइबल14 यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने गर्थिन्। तिनीहरू हुल्दासित कुरा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसैले पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह एउटी हुल्दा नाम गरेकी स्त्रीकहाँ सोधपुछ गर्न गए। तिनी यरूशलेमको नयाँटोलमा बास गर्ने अगमवादिनी थिइन्। (तिक्भाको छोरो र हरहसको नाति शल्लूम तिनका लोग्ने थिए र तिनले मन्दिरका लत्ताकपडाको हेरचाह गर्थे।) तिनीहरूले भएका सबै कुरा हुल्दालाई बताए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असाहायाह वस्त्रहरूको हेरचाह गर्ने हरहसका नाति तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए। तिनी यरूशलेमको नयाँ भागमा बस्थिन्। Viz kapitola |