२ राजा 21:7 - पवित्र बाइबल7 मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 आफूले खोपेर बनाएको अशेरा देवीको मूर्ति तिनले त्यस मन्दिरमा राखे, जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलका सबै कुलहरूमध्ये चुनेको यरूशलेममा सदासर्वदा म मेरो नाउँ राख्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनले अशेरा देवीको खम्बा मन्दिरमा राखे, जुन मन्दिरबारे परमप्रभुले दाऊद र उनको छोरो सोलोमनलाई यसो भन्नुभएको थियो, “यहाँ यरूशलेमको यस मन्दिरमा त्यो स्थान छ, जुन मैले इस्राएलका बाह्रै कुलका जम्मै भूभागबाट मेरो आराधना गरिनलाई आराधना-स्थल छानेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु। Viz kapitola |