२ राजा 21:16 - पवित्र बाइबल16 अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसबाहेक मनश्शेले यति निर्दोषी रगत बगाए कि यरूशलेम एक कुनादेखि अर्को कुनासम्म भरिएको थियो। अनि तिनले यहूदालाई पाप गर्न लाएका थिए, र तिनीहरूले परमप्रभुको दृष्टिमा जे कुरो खराब छ, त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मनश्शेले यति धरै निर्दोष मानिसहरूलाई मारे कि यरूशलेमका बाटामा रगतका खोला बग्थे। यहूदाका मानिसहरूलाई उनले परमेश्वरको विरुद्धमा मूर्तिपूजा गरी पाप गर्न त लाए नै, त्यसमाथि उनले यसरी रगतका खोला पनि बगाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। Viz kapitola |