२ राजा 2:5 - पवित्र बाइबल5 यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।” एलीशाले भने, “हो, म जान्दछु तर यो विषयमा कुरा नगर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यरीहोमा अगमवक्ताहरूको दल एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भन्ने तपाईंलाई थाहा छ?” तिनले भने, “हो, मलाई थाहा छ। तर त्यस विषयमा केही नभन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रो स्वामीलाई तिमीदेखि छुट्टयाई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?” एलीशाले जवाफ दिए, “हो, म जान्दछु; तर यसबारे कुरा नगरौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यरीहोमा भएका अगमवक्ताहरूको दल एलीशाकहाँ गएर तिनलाई सोधे, “के आज याहवेहले तिम्रा मालिकलाई तिमीबाट उठाइलैजानुहुनेछ भन्ने तिमीलाई थाहा छ?” तिनले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!” Viz kapitola |