२ राजा 2:23 - पवित्र बाइबल23 एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालु खुईले मान्छे! माथि चढ तँ तालु खुईले मान्छे!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यहाँबाट एलीशा उक्लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्दै जिस्क्याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 एलीशा बेथेल जानलाई यरीहोबाट बिदा भए। बाटोमा एउटा सहरबाट केही ठिटाहरू निस्किआएर उनको हाँसो उडाउन लागे। “यहाँबाट निस्किजाऊ, ए तालु खुइले!” तिनीहरूले कराउँदै भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यहाँबाट एलीशा बेथेलमा गए। तिनी बाटोमा हिँडिरहेका बेला सहरबाट केही ठिटाहरू आएर तिनलाई गिल्ला गरे। तिनीहरूले तिनलाई भने, “ए मुडुले, यहाँबाट जा! ए मुडुले, यहाँबाट जा!” Viz kapitola |