२ राजा 2:2 - पवित्र बाइबल2 एलियाले एलीशालाई भने, “कृपया यहीँ पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।” तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब एलियाले एलीशालाई भने, “तिमी यहीँ बस, परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ।” तर एलीशाले भने, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” अनि तिनीहरू बेथेलमा झरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बाटोमा एलियाले एलीशालाई भने, “तिमी यहीं बस। परमप्रभुले मलाई बेथेलमा जाने आज्ञा दिनुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” तब ती दुवै बेथेलमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 एलियाले एलीशालाई भने, “यहीँ बस; याहवेहले मलाई बेथेलमा जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू बेथेलमा झरे। Viz kapitola |