२ राजा 11:4 - पवित्र बाइबल4 सातौं बर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सातौँ वर्षमा यहोयादाले एक सयको दलका कप्तानहरू, करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे, र तिनीहरूलाई परमप्रभुको मन्दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर सातौं वर्षमा यहोयादा पूजाहारीले राजकीय अङ्गरक्षक र दरबारका पहरादारका कप्तानहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याए र त्यहाँ आफूले गर्न लागेको उपायसँग तिनीहरूलाई राजी गराएर किरिया खुवाए। अहज्याह राजाको छोरो योआशलाई देखाएर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए। Viz kapitola |