२ राजा 11:2 - पवित्र बाइबल2 यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसँग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर यहोराम राजाकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन्, र यसरी त्योचाहिँ मारिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अहज्याहको छोरो योआश मात्र बाँचे। उनी अरूहरूका साथमा मारिन लाग्दा उनकी फुपू यहोशेबाले उनलाई बचाइन्। तिनी यहोराम राजाकी छोरी र अहज्याहकी बहिनी थिइन्। तिनले योआश र तिनकी धाईलाई मन्दिरको एउटा सुत्ने कोठामा लगेर अतल्याहबाट उनलाई लुकाएर राखिन्। त्यसरी उनी बाँचे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्। Viz kapitola |