२ राजा 11:18 - पवित्र बाइबल18 तब सबै मानिसहरू झूटो देवता बालको मन्दिरमा गए। मानिसहरूले बालको मूर्तिहरूलाई तल झारीदिए र वेदी भत्काइदिए। र तिनीहरूले उनको वेदी तोडिदिए। तिनीहरूले त्यसलाई धेरै टुक्रा पारे। मानिसहरूले बालका पूजारी मतनलाई पनि वेदीको सामु मारे। यसप्रकार पूजाहारी यहोयादाले मानिसहरूलाई परमप्रभुको मन्दिर हेरचाहा गर्न लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यो भत्काइदिए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे। तब यहोयादा पूजाहारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि मानिसहरूले बालको मन्दिरमा गएर त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरू तोडे र बालको पूजाहारी मत्तानलाई वेदीको सामुन्ने मारे। यहोयादाले मन्दिरमा पहरेदारहरू खटाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 देशभरिका मानिसहरू बालको मन्दिरमा गए; अनि त्यसलाई भत्काइदिए। तिनीहरूले वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा बनाइदिए; र बालको पुजारी मत्तानलाई वेदीको सामु मारे। त्यसपछि पुजारी यहोयादाले याहवेहको मन्दिरमा पहरेदारहरू खटाइदिए। Viz kapitola |