Online Bible

- Reklamy -




२ राजा 11:14 - पवित्र बाइबल

14 अतल्याहले खाँबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरू उभिने गर्दथे। उनले अगुवाहरू र मानिसहरूलाई पनि देखिन् जो राजाका लागि तुरही फुक्दै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन, “राजद्रोह! राजद्रोह!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनले हेरिन्, र दस्‍तूरअनुसार राजालाई स्‍तम्‍भको छेउमा उभिएका देखिन्‌। अधिकृतहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए, र देशका जम्‍मै मानिसहरू तुरही फुक्‍दै आनन्‍द मनाइरहेका थिए। तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्, र कराएर भनिन्, “राजविद्रोह! राजविद्रोह!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यहाँ दस्‍तुरअनुसार नयाँ राजा मन्‍दिरको प्रवेश ढोका स्‍तम्‍भनिर उभिरहेका तिनले देखिन्। अधिकृत र तुरही बजाउनेहरूले उनलाई घेरेका थिए र हर्षसाथ मानिसहरूले सोर मच्‍चाउँदै थिए र तुरही बजाउँदै थिए। अफसोसमा तिनले आफ्‍नो वस्‍त्र च्‍यातिन् र कराएर भनिन्, “विश्‍वासघात भयो, राजद्रोह भयो!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनले हेरिन्, र राजालाई दस्तुरअनुसार स्तम्भको छेउमा उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए; र देशका सबै मानिसहरू आनन्द मनाउँदै तुरही फुक्दै थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।

Viz kapitola kopírovat




२ राजा 11:14

Následuj nás:

Reklamy


Reklamy