२ राजा 10:5 - पवित्र बाइबल5 जुन मानिसले आहाबले घरको हेरचाह गर्यो, शहरका बूढा-पाका अनि मानिसहरूको रेख-देख गर्यो जसले आहाबका नानीहरूको हेरचाह गरेका थिए, त्यसले येहूलाई सन्देश पठायो, “हामी तपाईको सेवकहरू हौं। हामी तपाईले भनेको जे पनि गर्नेछौं। हामी कुनै मानिसलाई राजा बनाउने छैनौं। तपाई जे उचित सम्झनु हुन्छ, गर्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण राजमहलका अधिकारी, सहरका बड़ाहाकिम, धर्म-गुरुहरू र अभिभावकहरूले मिलेर येहूकहाँ यो समाचार पठाए: “हामी तपाईंका दास हौं। तपाईं हामीलाई जे भन्नुहुन्छ सो हामी गर्नेछौं। हामी कसैलाई राजा तुल्याउनेछैनौं। तपाईंलाई जे ठीक लाग्छ त्यही गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसकारण राजमहलका सहरका अधिकारी र ठूला-ठालुहरू र राज-सन्तानका रेखदेख गर्नेहरू मिलेर येहूलाई यस्तो उत्तर पठाए, “हामी हजुरका सेवक हौं, “हामी तपाईंले भनेका आज्ञा मान्न तयार छौं। तर हामी कसैलाई राजा बनाउनेछैनौं। जे असल ठान्नुहुन्छ त्यही गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण दरबारका प्रशासक, सहरका राज्यपाल, प्रधानहरू र अभिभावकहरूले येहूलाई यो खबर पठाए: “हामी तपाईंका सेवकहरू हौँ; र तपाईंले हामीलाई जे आज्ञा गर्नुहुन्छ, त्यो हामी गर्नेछौँ। हामी कसैलाई पनि राजा नियुक्त गर्नेछैनौँ। तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!” Viz kapitola |