२ राजा 1:16 - पवित्र बाइबल16 एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ: ‘यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 एलियाले राजालाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: के सल्लाह लिनलाई इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तैंले एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिन समाचारवाहकहरूलाई पठाएका छस्? यसो गरेको कारण तँ पस्रिरहेको ओछ्यान तैंले कहिल्यै छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “परमप्रभु यसो भन्नुहुन्छ, ‘इस्राएलमा परमेश्वर नभएको जस्तै तैँले एक्रोनको देवता बाल-जिबबको सल्लाह लिन आफ्ना दूतहरूलाई पठाइस्। यसकारण तँ निको हुनेछैनस्, तँ मर्नेछस्’!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: के सल्लाह लिनलाई इस्राएलमा परमेश्वर हुनुहुन्नथ्यो र तैँले एक्रोनको देवता बाल-जेबुबकहाँ सल्लाह लिन भनी दूतहरू पठाइस्? तैँले यसो गरेकोले आफू सुतिरहेको पलङ कहिल्यै छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्!” Viz kapitola |