Online Bible

- Reklamy -




२ कोरिन्थी 7:11 - पवित्र बाइबल

11 तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कस्‍तो उत्‍साह उत्‍पन्‍न गराएको छ— आफैलाई निर्दोष तुल्‍याउन तिमीहरूमा कस्‍तो उत्‍सुकता छ, कस्‍तो क्रोध, कस्‍तो भय, कस्‍तो तृष्‍णा, कस्‍तो जोश, न्‍याय होस्‌ भन्‍ने कस्‍तो इच्‍छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूलाई परेको दु:खबाट परमेश्‍वरले के गर्नुभयो, याद गर, यो दु:खले तिमीहरूलाई साँचो बनायो, कसुर छैन भनी देखाउन हतार गरायो, तिमीहरूलाई कस्‍तो झोक चलायो, कत्रो चिन्‍ता, कस्‍तो विचार, कस्‍तो भक्ति पैदा गर्‍यो। तिमीहरूमा पाप गर्नेलाई दण्‍ड दिने मन पनि भयो। यी सबैबाट तिमीहरूमा दोष छैन भन्‍ने कुरा थाहा हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हेर, यो ईश्‍वरीय दुःखले तिमीहरूमा के उत्पन्‍न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 7:11

Následuj nás:

Reklamy


Reklamy