Online Bible

- Reklamy -




२ कोरिन्थी 5:12 - पवित्र बाइबल

12 हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नैं बारेमा भन्दैछौं। हाम्रा बारेमा किन गर्वित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्‍ड गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हामीले फेरि आफ्‍नो गुणगान तिमीहरूलाई सुनाउन लागेको त होइनौं, बरु हाम्रो बारेमा तिमीहरूलाई घमण्‍ड गर्ने मौका दिइरहेका छौं। त्‍यसो हुँदा तिमीहरू भित्रको गुणमा होइन, तर देखावटी कुरामा घमण्‍ड गर्नेलाई जवाफ दिन सक्‍ने हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हामीले फेरि तिमीहरूको सामु आफ्नै तारिफ गर्ने चेष्‍टा गरिरहेका छैनौँ, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:12

Následuj nás:

Reklamy


Reklamy