२ कोरिन्थी 12:20 - पवित्र बाइबल20 म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगड़ा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 किनभने म आउँदा मैले इच्छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्ने मलाई डर लागेको छ। शायद त्यहाँ झगड़ा, डाह, क्रोध, स्वार्थ, बदख्वाइँ, निन्दो-चर्चो, अभिमान र गोलमाल हुन्छ होला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 म त्यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्लै भएको हुन्छु कि भन्ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्नै भलो खोज्ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्ने मलाई डर लागेको छ। सायद मतभिन्नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्ने मलाई डर लागेको छ। Viz kapitola |