२ कोरिन्थी 12:11 - पवित्र बाइबल11 म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्च प्रेरितहरूभन्दा म तुच्छ छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूले नै मलाई मपाईं हुन कर लायौ। खासमा त तिमीहरूबाट नै मैले सम्मान पाउनुपर्थ्यो। म केही नभए पनि तिमीहरूले नै मेरो बारेमा केही भनिदिनुपर्नेथियो। ती ठूलाठूला प्रेरितभन्दा त म कम छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मैले आफूलाई मूर्ख बनाएँ; तर तिमीहरूले नै मलाई यस्तो हुन बाध्य गरायौ। मैले तिमीहरूबाट प्रशंसा पाउनुपर्नेथियो; किनकि म केही नभए तापनि म अरू “मुख्य प्रेरितहरू” भन्दा कमको छैनँ। Viz kapitola |