२ कोरिन्थी 11:12 - पवित्र बाइबल12 अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मैले गरेको काम म गरि नै रहन्छु। ती आफैं उचालिएर प्रेरित बन्ने मानिसहरूले हामीले जस्तै काम गर्यो भनेर घमण्ड गर्न पाउनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु। Viz kapitola |