२ कोरिन्थी 10:12 - पवित्र बाइबल12 हामी आफैंलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आफ्नो तारीफ आफैले गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न, अथवा आफैलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ठूला सम्झनेहरूसँग हामी आफूलाई दाँज्ने र हाराहारीमा राख्ने साहस गर्दैनौं। तिनीहरूले त कुरै बुझ्दैनन्। असल कुराको नाप उनीहरू आफैं तोक्छन् र त्यही नापले आ-आफूलाई नापेर मक्ख पर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्। Viz kapitola |