२ कोरिन्थी 1:12 - पवित्र बाइबल12 यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँच्चो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्यसको गवाही दिन्छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्वरको अनुग्रहबाट हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामी नहिच्किचाई भन्न सक्दछौं कि यस संसारमा मात्र होइन तर तिमीहरूको अगि पनि हाम्रा चालचलन चोखो राख्यौं। यो साँचो मन हामीले परमेश्वरबाट पाएका हौं। यो परमेश्वरको अनुग्रहले मिलेको हो, मान्छेको ज्ञानले होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता र ईश्वरीय सत्यतामा व्यवहार गरेका छौँ। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्वरको अनुग्रहद्वारा यसो गरेका छौँ। Viz kapitola |