Online Bible

- Reklamy -




२ इतिहास 8:14 - पवित्र बाइबल

14 सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आफ्‍ना पिता दाऊदको विधिअनुसार चलेर प्रतिदिन चाहिँदो कामबमोजिम पूजाहारीका दलहरूलाई आफ्‍नो सेवा गर्न र लेवीहरूलाई चाहिँ स्‍तुतिगानको अगुवाइ गर्न र पूजाहारीहरूको काममा सहायता दिन तिनले नियुक्त गरे। द्वारपालहरूलाई आफ्‍ना दल-दलअनुसार प्रत्‍येक मूल ढोकामा रहन तिनले नियुक्त गरे, किनभने परमेश्‍वरका जन दाऊदले दिएको आज्ञा यस्‍तै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनले पूजाहारीहरू र तिनीहरूलाई भजन गाउन र सेवा कार्यमा सघाउने काममा लगाउँथे। आफ्‍ना पिता दाऊदले बनाएका नियमअनुसार उनले मन्‍दिरका पहरेदारहरूलाई भाग-भाग गरेर परमेश्‍वरका जन दाऊदका आज्ञाअनुसार दिन-दिनको काममा लगाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 आफ्ना पिता दावीदको नियमअनुसार पुजारीहरूको दलहरूलाई तिनले आफ्ना काम गर्नका निम्ति, र दिन-दिनको नियमअनुसार प्रशंसाको नेतृत्व गर्न र पुजारीहरूलाई सघाउनका निम्ति लेवीहरूलाई नियुक्त गरे। तिनले विभिन्‍न मूलढोकाहरूका निम्ति द्वारपालहरूलाई पनि दल-दल गरी नियुक्त गरे; किनकि परमेश्‍वरको जन दावीदको आज्ञा यस्तै थियो।

Viz kapitola kopírovat




२ इतिहास 8:14

Následuj nás:

Reklamy


Reklamy