२ इतिहास 6:14 - पवित्र बाइबल14 सुलेमानले भनेः “इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनले भने: “हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्ना दासहरूसँग आफ्नो प्रेमको करार बाँध्नुहुने तपाईंजस्तै अरू कुनै ईश्वर स्वर्ग र पृथ्वीमा छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 उनले प्रार्थना गरे, “परमप्रभु इस्राएलका परमेश्वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो परमेश्वर अरू कोही छैनन्। आफ्ना प्रजासित तपाईंले आफ्नो करार पूरा गर्नुहुन्छ र तिनीहरूले आफ्नो सम्पूर्ण हृदयले तपाईंको आज्ञापालन गरेर जीवन बिताए भने तिनीहरूलाई आफ्नो प्रेम देखाउनुहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्वर, आफ्ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्ना सेवकहरूसँग आफ्नो प्रेमको करार बाँध्नुहुने तपाईंजस्तो अरू कुनै ईश्वर स्वर्ग र पृथ्वीमा छैन। Viz kapitola |