२ इतिहास 5:11 - पवित्र बाइबल11 त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 पूजाहारीहरू पवित्रस्थानबाट बाहिर निस्केर आए। त्यहाँ हाजिर भएका सबै पूजाहारीहरूले आ-आफ्नो दलअनुसार नगरीकनै आफैलाई पवित्र गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-14 जुनसुकै दलका भए पनि त्यहाँ हाजिर भएका सबै पूजाहारीहरू, आसाप, हेमान, यदूतून र उनका गोत्रका मानिसहरूले मिहिन सुतीका कपडा पहिरिएका थिए। लेवीहरू वेदीको पूर्वमा झ्याली र वीणाहरू लिएर खडा थिए। तिनीहरूसित तुरही बजाउने एक सय बीस जना पूजाहारी थिए। गीत गाउनेहरूलाई खुबै सुर र ताल मिलाएर तुरही, झ्याली र अरू बाजाहरूले साथ दिइरहेका थिए। गीत गाउँदै तिनीहरूले परमप्रभुको यसरी प्रशंसा गरे: “परमप्रभुको प्रशंसा गर किनभने उहाँ भला हुनुहुन्छ र उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” परमप्रभुका आँखा तिरमिराउने गरी चम्कने महिमाले गर्दा चहकिलो बादलले अचानक मन्दिर भरियो र तिनीहरूले आराधना कार्य गरिरहन सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए। Viz kapitola |