२ इतिहास 36:13 - पवित्र बाइबल13 सिदकियाह राजा नबूकदनेस्सरको विरूद्ध गए। अतीतकालमा नबूकदनेस्सरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा तिनी बागी भए। तिनी अटेरी र हठी भएर परमप्रभु इस्राएलका परमेश्वरतिर फर्किआउन तिनले इन्कार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सिदकियाहले नबूकदनेसर राजाका विरुद्धमा विद्रोह गरे। नबूकदनेसरले सिदकियाहलाई परमेश्वरको नाउँमा म राजभक्त रहेछु भनी किरिया खान कर लाएका थिए। उनले ढिट भएर पश्चात्ताप नगरी परमप्रभु इस्राएलका परमेश्वरकहाँ फर्किआउन मानेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनी आफूलाई परमेश्वरको नाममा शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा बागी भए। तिनी अटेरी भए, र आफ्नो हृदय कठोर बनाएर याहवेह इस्राएलका परमेश्वरतिर फर्केनन्। Viz kapitola |