Online Bible

- Reklamy -




२ इतिहास 34:8 - पवित्र बाइबल

8 जब योशियाह यहूदाका राजाका रूपमा अठाह्रौ बर्षमा थिए तिनले शापान, मासेयाह अनि योआहलाई तिनका परमप्रभु परमेश्वरको मन्दिरलाई फेरि निर्माण अनि स्थापना गर्नु भनी पठाए। शापानका पिताको नाउँ अजलियाह थियो। मासेयाह शहरका प्रमुख थिए, अनि योआहका पिताको नाउँ योआहाश थियो। योआहाश त्यही मानिस थिए जसले जे कुराहरू घटे ती लेखे। यसरी योशियाहले मन्दिरलाई स्थापना गर्ने आदेश दिए जसद्वारा तिनले यहूदा अनि मन्दिरलाइ शुद्ध तुल्याउन सकून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 योशियाहका राजकालको अठारौँ वर्षमा देश र मन्‍दिरलाई शुद्ध पार्नलाई तिनले असल्‍याहका छोरा शापान, सहरका शासक मासेयाह र राज्‍यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्‍वरको मन्‍दिर मरम्‍मत गर्न पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मूर्तिपूजाको अन्‍त गरिसकेपछि आफ्‍नो राज्‍यकालको अठारौं वर्षमा योशियाह राजाले तीन जनालाई परमप्रभु परमेश्‍वरको मन्‍दिर मरमत गर्न खटाए। ती मानिसहरू थिए: असल्‍याहका छोरा शापान, यरूशलेमका बडा-हाकिम मासेयाह र एक जना उच्‍च अधिकारी योआहाजका छोरा योआ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 योशियाहको शासनकालको अठारौँ वर्षमा तिनले देश र यरूशलेमलाई शुद्ध गर्न भनी असल्याहका छोरा शापान, सहरका प्रशासक मासेयाह र योआहाजका छोरा लेखापाल योआलाई याहवेह तिनका परमेश्‍वरको मन्दिर मर्मत गर्न भनी पठाए।

Viz kapitola kopírovat




२ इतिहास 34:8

Následuj nás:

Reklamy


Reklamy