२ इतिहास 34:21 - पवित्र बाइबल21 राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनले भने, “हाम्रा पुर्खाहरूले परमप्रभुको वचन पालन नगरेका र यस पुस्तकमा लेखिएका सबै कुरा नमानेका हुनाले हामीमाथि परमप्रभुको ठूलो क्रोध खनिएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “जाओ, म र अझै इस्राएल र यहूदामा बास गर्ने मेरा प्रजाको लागि परमप्रभुको सल्लाह लेओ। यस पुस्तकको शिक्षाबारे खोजी गर। हाम्रा पिता-पुर्खाले परमप्रभुको वचन नमानेकाले र यस पुस्तकले गर्न भनेका काम नगरेकाले परमप्रभु हामीसँग रिसाउनुभएको छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “जाओ र मेरा निम्ति, इस्राएल र यहूदाका बाँकी रहेकाहरूका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्लाह लेओ। हाम्रा पुर्खाहरूले याहवेहको वचन पालन नगरेका र तिनीहरूले यस पुस्तकमा लेखिएअनुसार नगरेका हुनाले हामीमाथि याहवेहको ठूलो क्रोध खनिएको छ।” Viz kapitola |