२ इतिहास 32:30 - पवित्र बाइबल30 यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यी नै हिजकियाले गीहोन नदीको माथिल्लो मूललाई थुनेर तलतिर दाऊदको सहरको पश्चिमपट्टितिर बगाउन लाएका थिए। वास्तवमा आफूले गरेको हरेक परियोजना सफल भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 गीहोन कुलो खनी खोलाबाहिर बगी जाने बाटो बन्द गरेर खोलाको पानी त्यस कुलोबाट यरूशलेमका पर्खालभित्र पुर्याउने यिनै हिजकिया राजा थिए। हिजकिया आफूले गरेका सबै काममा सफल भए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 गीहोनको पानीको मूलको माथिल्लो निकासलाई थुनेर त्यस पानीलाई कुलोद्वारा दावीदको सहरको पश्चिम भागतिर लैजाने हिजकिया नै थिए। आफूले गरेका हरेक काममा उनी सफल हुन्थे। Viz kapitola |