२ इतिहास 3:11 - पवित्र बाइबल11 करूब स्वर्गदूतका प्रत्येकका पखेंटा पाँच हात लामा थिए। पखेंटाहरूको मोठ लम्बाई बीसहात थियो। पहिलो करूब स्वर्गदूतको एउटा पंखटाले कोठाको एक तिरको भित्ता छोएको थियो, अनि अर्को पंखटाले दोस्रो करूब स्वर्गदतूको एउटा पखेंटा छोएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हातसम्म फिँजिएका थिए। एउटा करूबको एउटा पखेटा पाँच हातको थियो, र मन्दिरको भित्तामा छोयो। त्यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-13 ती स्वर्गदूतहरू ढोकापट्टि मुख गरी सँगसँगै राखिएका थिए। प्रत्येकको एक जोर पखेटा र हरेक पखेटा २.२ मिटर लामो थियो। ती पखेटाहरू यस प्रकारले फैलिएका थिए कि प्रत्येकको एकएक वटा पखेटाले दुईपट्टि कोठाका भित्तालाई छुन्थ्यो। अनि अर्को एकएक वटा पखेटाचाहिँ कोठाको बीचमा आपसमा एउटाले अर्कालाई छुन्थ्यो। यसरी ती पखेटाहरू कोठाको प्राय: ९ मिटर चौडाइ वारपार गरी फैलिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। पहिलो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो। त्यसले मन्दिरको भित्तालाई छोएको थियो; अनि यसको पाँचै क्यूबिट लामो अर्को पखेटाले अर्को करूबको पखेटा छोएको थियो। Viz kapitola |