२ इतिहास 29:21 - पवित्र बाइबल21 तिनीहरूले सातवटा गोरूहरू सातवटा भेंडाहरू, सातवटा भेंडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूले सात वटा साँढ़े, सात वटा भेड़ा र सात वटा थुमा ल्याए, अनि राज्य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए। राजाले हारूनको वंशका पूजाहारीहरूलाई यी सबै परमप्रभुको वेदीमा चढ़ाउने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 राजपरिवारका र यहूदाका मानिसहरूका पाप काट्न बलि चढाउनलाई र मन्दिर पवित्र गर्नलाई तिनीहरूले सात-सात वटा साँढे, भेडा, थुमा र बोकाहरू लगे। राजाले हारूनबाट जन्मेका पूजाहारीहरूलाई ती पशुहरू वेदीमा बलि चढाउने आदेश दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूले राज्यको निम्ति, पवित्रस्थानको निम्ति र यहूदाको निम्ति पाप शुद्धीकरण बलिस्वरूप सात वटा साँढे, सात वटा भेडा, सात वटा भेडाका थुमा र सात वटा बोका ल्याए। राजाले हारूनका सन्तान पुजारीहरूलाई ती याहवेहको वेदीमा चढाउने हुकुम गरे। Viz kapitola |