२ इतिहास 28:24 - पवित्र बाइबल24 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना-कुनामा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 आहाजले परमप्रभुको मन्दिरका भाँड़ाकुँड़ाहरू जम्मा गरेर लगे, अनि परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए। तिनले यरूशलेमका सड़क-सड़कमा वेदीहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसमाथि उनले मन्दिरका सबै सर-सामानहरू लिएर टुक्रा-टुक्रा पारे। उनले मन्दिर बन्द गरिदिए र यरूशलेमको हरेक ठाउँमा वेदीहरू बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 आहाजले परमेश्वरको मन्दिरबाट सजाउने सामानहरू जम्मा गरे र ती सामानहरूलाई टुक्रा-टुक्रा पारिदिए। तिनले याहवेहको मन्दिरका ढोकाहरू थुनिदिए, र यरूशलेमको सहरको प्रत्येक बाटोको कुनामा वेदीहरू खडा गरे। Viz kapitola |