२ इतिहास 26:11 - पवित्र बाइबल11 उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसबाहेक उज्जियाहको तालीम पाएका र युद्धको निम्ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्याहको अधीनमा यिनीहरूलाई राखेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनको साथमा लडाइँ गर्न सधैँ तयार रहने एउटा ठूलो सेना थियो। राजाका भारदार हनन्याहका रेख-देखमा यहीएल र मासेयाह सचिवहरूले सेनाका कागज-पत्र राख्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उज्जियाहसित दल-दल गरी बाहिर जान तयार रहेका असल तालिम प्राप्त फौज थिए, जसलाई संख्याअनुसार सचिव यीएल र अधिकृत मासेयाहले एक जना राजकीय अधिकृत हनन्याहको अधीनमा भेला गर्थे। Viz kapitola |