Online Bible

- Reklamy -




२ इतिहास 25:5 - पवित्र बाइबल

5 अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस बर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अमस्‍याहले यहूदाका मानिसहरूलाई भेला गराएर तिनीहरूका परिवार-परिवारअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका सेनापतिहरूको अधीनमा राखिदिए। तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरूलाई जम्‍मा गरे। तिनीहरूको संख्‍या तीन लाख थियो। ती सबै लड़ाइँ गर्न अनि भाला र ढाल चलाउन सक्‍नेहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अमस्‍याह राजाले यहूदा र बेन्‍यामीन कुलका सबै पुरुषहरूलाई उनका गोत्र-गोत्रअनुसार दल-दल गरेर फौजमा भर्ना गरे र हजार-हजार र सय-सयका माथि अधिकृतहरू खटाए। यसरी उनले बीस वा त्‍योभन्दा बढी उमेर भएकाहरू जम्‍मा तीन लाख पुरुषहरूलाई फौजमा लिए। त्यो लड्‍न तयार, ढाल र भाला चलाउन सिपालु र लडाइँ गर्न चुनिएका पुरुषहरूको दल थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ बोलाए, र तिनीहरूलाई आफ्ना परिवारहरू बमोजिम सबै यहूदा र बेन्यामीनको निम्ति हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूको जिम्मामा लगाइदिए। त्यसपछि तिनले बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई बटुले; अनि लडाइँका निम्ति तयार पारे, जसको संख्या तीन लाख थियो। यी मानिसहरू भाला र ढाल चलाउनमा कुशल थिए।

Viz kapitola kopírovat




२ इतिहास 25:5

Následuj nás:

Reklamy


Reklamy