२ इतिहास 25:4 - पवित्र बाइबल4 तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किनकि तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर तिनले मोशाका व्यवस्थाको पुस्तकमा लेखिएको यसो भन्ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराहरूलाई चाहिँ मारेनन्: “बुबाहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बुबाहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्नै अपराधहरूका निम्ति मरोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर तिनका सन्तानहरूलाई उनले मारेनन्, बरु परमप्रभुले मोशाका व्यवस्थामा आज्ञा गर्नुभएअनुसार तिनीहरूसित गरे अर्थात् “बाल-बच्चाका अपराधको निम्ति आमा-बुबा मारिनेछैनन् र आमा-बुबाका अपराधको निम्ति छोरा-छोरी मारिनेछैनन्, आफैंले गरेका अपराधको निम्ति मात्र मानिस मारिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू, हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले उनीहरूका सन्तानलाई मारेनन्। Viz kapitola |