२ इतिहास 25:24 - पवित्र बाइबल24 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाएका सबै सुन र चाँदी र सबै भाँड़ाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र राजकैदीहरूलाई पनि लगे, अनि तिनी सामरियामा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उनले मन्दिरमा भएका सबै सुन र चाँदी, मन्दिरका पूजाका सामानहरू, जसको रक्षा ओबेद-एदोमका सन्तानले गर्थे र राजमहलका धन-राशि लुटेर सामरियामा लगे। उनले जमानीको रूपमा कैदीहरूलाई अमस्याहको साथमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनले सबै सुन, चाँदी र ओबेद-एदोमको जिम्मामा रहेका परमेश्वरको भवनका सबै सामग्रीहरू, महलका खजाना र कैदीहरू लिए, अनि तिनी सामरियामा फर्के। Viz kapitola |