२ इतिहास 24:14 - पवित्र बाइबल14 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूले यो काम सिद्ध्याएपछि उब्रेको पैसाचाहिँ राजा र यहोयादाकहाँ ल्याएर दिए। ती पैसाबाट परमप्रभुका मन्दिरको निम्ति भाँड़ाहरू बनाइए— सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँड़ाहरू, र अरू सुन र चाँदीका भाँड़ाहरू। यहोयादा बाँचुञ्जेल तिनीहरू परमप्रभुको मन्दिरमा होमबलि निरन्तर चढ़ाउने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मरमत गरिसकेपछि उब्रेका सुन, चाँदी राजा र यहोयादालाई फर्काइदिए। तिनीहरूले ती सुन र चाँदीबाट मन्दिरको निम्ति बटुका र अरू भाँडा-कुँडा बनाउन लाए। यहोयादा बाँचुञ्जेल ठीक प्रकारले मन्दिरमा बलिदानहरू चढाइन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूले सिद्ध्याएपछि बाँकी रहेको रकम राजा र यहोयादाकहाँ ल्याए। अनि त्यसबाट याहवेहको भवनका सामग्रीहरू, सेवाका निम्ति र होमबलिका निम्ति सामग्रीहरू, सुन र चाँदीका थाल, कचौरा र अरू चीजहरू बनाइए। यहोयादा बाँचुन्जेल याहवेहको भवनमा होमबलि चढाउने काम भइरह्यो। Viz kapitola |