२ इतिहास 23:8 - पवित्र बाइबल8 लेवीहरू अनि यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्न भित्र आए, किनभने पूजाहारी यहोयादले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यहोयादा पूजाहारीले गरेको एक-एक कुरो लेवीहरू र सबै यहूदाले पालन गरे। हरेक जनाले आफ्ना मानिसहरू, अर्थात् शबाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सत पाएकाहरूलाई लिए, किनभने यहोयादा पूजाहारीले केही दललाई छोड़िदिएका थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 लेवीहरू र यहूदाका मानिसहरूले यहोयादाका आदेश पालन गरे। विश्रामको दिनमा काम गरिसक्ने मानिसहरूलाई घर फर्किन दिएनन् र कप्तानहरूका हातमा काममा आउने र कामबाट जाने दुवै थरीका पहरादारहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 लेवीहरू र यहूदाका सारा मानिसहरूले पुजारी यहोयादाले आज्ञा दिएझैँ गरे। हरेकले उसको आफ्नै मानिसलाई लिए—शब्बाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सद पाएकाहरूलाई लिए, किनकि पुजारी यहोयादाले कुनै दललाई पनि बिदा दिएका थिएनन्। Viz kapitola |