२ इतिहास 23:20 - पवित्र बाइबल20 यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब तिनले शतपतिहरू, भारदारहरू, मानिसका शासकहरू र देशका सारा मानिसहरूलाई लिएर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए। तिनीहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सेनाका अधिकृतहरू, प्रमुख नागरिकहरू, भारदारहरू र अरू बाँकी सबै मानिसहरू यहोयादाका साथ जुलुसमा हिंडे र राजालाई मन्दिरबाट महलमा ल्याए। तिनीहरू मूल-ढोकाबाट पसे र राजसिंहासनमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, भारदारहरू, प्रजाहरूका प्रशासकहरू र सारा देशवासीहरूलाई लगे। राजालाई पनि याहवेहको भवनबाट पनि ल्याए। तिनीहरू माथिल्लो मूलढोकाहरूबाट महलमा पसे; अनि राजालाई राजकीय सिंहासनमाथि बसाए। Viz kapitola |