२ इतिहास 23:18 - पवित्र बाइबल18 तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब यहोयादाले परमप्रभुका मन्दिरको हेर-विचार गर्ने जिम्मा पूजाहारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थामा तोकिएबमोजिम परमप्रभुको निम्ति होमबलि चढ़ाउन र परमप्रभुको मन्दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यहोयादाले पूजाहारी र लेवीहरूलाई मन्दिरका कार्यभार सुम्पिदिए। दाऊद राजाले खटाएका कार्यहरू तिनीहरूले गर्नुपर्थ्यो र मोशाका नियमअनुसार परमप्रभुलाई चढाएका बलिहरू जलाउनुपर्थ्यो। गान-बजान र उत्सवको भार पनि तिनीहरूले नै लिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि यहोयादाले याहवेहको भवनको हेरविचार गर्ने जिम्मा पुजारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थाअनुसार होमबलि चढाउन र याहवेहको भवनमा काम गर्न दावीदले तिनीहरूलाई खटाइदिएका थिए। Viz kapitola |