२ इतिहास 22:9 - पवित्र बाइबल9 त्यसपछि येहूले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई पक्रे जब तिनी सामरिया शहरमा लुक्ने कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुशरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यसपछि तिनले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई सामरियामा फेला पारे। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याएर मारे। “आफ्नो पूरा हृदयले परमप्रभुको अगुवाइ खोज्ने तिनै यहोशापातका छोरा यिनी हुन्” भनेर तिनीहरूले तिनलाई गाड़िदिए। त्यसपछि अहज्याहका घरानाको कोही पनि राज्य गर्न शक्तिशाली भएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अहज्याहको खोजी गर्दा र उनलाई सामरियामा लुकिराखेका भेट्टाए। उनलाई मानिसहरूले येहूकहाँ लगेर मारे। तर उनका बाजे यहोशापातका इज्जतको कारणले तिनीहरूले उनको लाश गाडिदिए। यहोशापातले आफूले सकेसम्म परमप्रभुको सेवा गरेका थिए। अहज्याहका परिवारबाट राज्य चलाउन सक्ने कोही पनि छोडिएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि तिनी अहज्याहलाई खोज्न निस्के। तिनका मानिसहरूले तिनी सामरियामा लुकिरहेको बेला पक्रे। तिनी येहूकहाँ लगिए र तिनी मारिए। तिनीहरूले तिनलाई गाडेर भने, “तिनी याहवेहलाई सम्पूर्ण हृदयले खोज्ने यहोशापातका छोरा थिए।” यसरी त्यस राज्यलाई स्थिर राख्नलाई सामर्थ्य भएको कुनै व्यक्ति अहज्याहको घरानामा थिएन। Viz kapitola |