Online Bible

- Reklamy -




२ इतिहास 22:11 - पवित्र बाइबल

11 तर यहोशेबाले अहज्याहका छोरा योआशलाई लगिन् अनि तिनलाई लुकाइन्। यहोशेबाले योआश अनि तिनकी सुसारेलाई भित्री शयनकक्ष भित्र राखिन्। यहोशेबा राजा योरामकी छोरी थिइन्। तिनी यहोयादा की पत्नी पनि थिइन्। यहोयादा एक पूजाहारी थिए। अनि यहोशेबा अहज्याहकी बहिनी थिइन्। अतल्याहले योआशलाई मारिनन् किनभने यहोशेबाले तिनलाई लुकाएकी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर यहोराम राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्‍क भगाएर लगिन्, र त्‍यसकी धाई र त्‍यसलाई एउटा सुत्‍ने कोठाभित्र लुकाइराखिन्‌। यहोराम राजाकी छोरी र पूजाहारी यहोयादाकी पत्‍नी यहोशेबा अहज्‍याहकी दिदी भएकी हुनाले तिनले योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, र अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अहज्‍याहकी सौतिनी बहिनी यहोशेबाको यहोयादा नाम गरेका पूजाहारीसित विवाह भएको थियो। तिनले अहज्‍याहको एउटा छोरो योआशलाई सुटुक्‍क बचाइन् र मारिन लागेका अरू राजकुमारहरूका बीचबाट भगाएर लगिन्। अनि उनलाई एउटी धाईसित मन्‍दिरको एउटा सुत्‍ने कोठामा लुकाएर राखिन्। यसरी लुकाएर फुपूचाहिँले उनलाई अतल्‍याहका हातबाट मारिनदेखि बचाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर राजा यहोरामकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका अरू राजकुमारहरूबाट चोरेर लगिन्। तिनी र तिनकी धाईलाई एउटा सुत्ने कोठामा राखिन्। राजा यहोरामकी छोरी र पुजारी यहोयादाकी पत्नी यहोशेबाचाहिँ अहज्याहकी दिदी भएकी हुनाले उनले बालकलाई अतल्याहबाट लुकाइन् र तिनले त्यसलाई मार्न सकिनन्।

Viz kapitola kopírovat




२ इतिहास 22:11

Následuj nás:

Reklamy


Reklamy