२ इतिहास 21:3 - पवित्र बाइबल3 यहोशापातले आफ्ना छोराहरूलाई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहूदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूका बुबाले तिनीहरूलाई धेरै मात्रामा सुन, चाँदी र अरू बहुमूल्य थोकहरू दिए र यहूदाका एक-एक सुरक्षित सहरको कार्यभार सुम्पे तर यहोराम जेठा छोरा थिए र यहोशापातले आफू मरेपछि तिनलाई राजा हुन चुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूका पिताले तिनीहरूलाई चाँदी, सुन र बहुमूल्य चीजहरूका उपहारहरू र यहूदामा सुरक्षित सहरहरू दिएका थिए। तर राज्यचाहिँ यहोरामलाई दिएका थिए; किनकि तिनी उनका जेठा छोरा थिए। Viz kapitola |