२ इतिहास 20:37 - पवित्र बाइबल37 तब एलाजार यहोशापातको विरूद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भत्किए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तार्शीश पठाउन समर्थ भएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा यो अगमवाणी कहे, “तपाईंले अहज्याहसँग मित्रता बाँध्नुभएको हुनाले परमप्रभुले तपाईंको काम निष्फल तुल्याउनुहुनेछ।” अनि ती जहाजहरू नष्ट भएर व्यापार गर्नलाई यात्रा गर्न पाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तर मारेशा सहरका दोदाबाहुका छोरा एलीएजरले यहोशापातलाई यस्तो चेतावनी दिए, “तपाईंले अहज्याहसित मित्रता गरेको हुनाले परमप्रभुले तपाईंका कामहरू नष्ट गर्नुहुनेछ।” अनि ती जहाजहरू नष्ट भए र व्यपारको लागि यात्रा गर्न गएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी गरेर भने, “तपाईंले अहज्याहसित मित्रता बाँधेका हुनाले याहवेहले तपाईंले बनाउनुभएका कुराहरू नाश पारिदिनुहुनेछ।” ती जहाजहरू भत्किए, र व्यापार गर्नको लागि जान सकेनन्। Viz kapitola |