२ इतिहास 20:21 - पवित्र बाइबल21 यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए, “परमप्रभुको स्तुति गर! किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मानिसहरूसित सल्लाह गरेपछि तिनले कति जनालाई परमप्रभुको स्तुतिगान र उहाँका पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अगिअगि गएर गाउनलाई नियुक्त गरे। अनि तिनीहरूले यसो भनेर गाए, “परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मानिसहरूसित सल्लाह गरेर राजाले केही गीत गाउन र बाजा बजाउनेहरूलाई पवित्र अवसरमा तिनीहरूले पैरने पोशाक लाउने र सेनाको अघि-अघि यसरी गाउँदै हिंड्ने आज्ञा दिए, “परमप्रभुको प्रशंसा गर! उहाँको प्रेम अमर छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मानिसहरूसित सल्लाह लिएपछि यहोशापातले याहवेहको पवित्रताको गौरवको निम्ति उहाँको स्तुति-प्रशंसा गर्न भनी मानिसहरूलाई नियुक्त गरे। तिनीहरू फौजको अगाडि यसो भन्दै गए: “याहवेहलाई धन्यवाद देओ; किनकि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” Viz kapitola |