२ इतिहास 2:6 - पवित्र बाइबल6 कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अँहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर स्वर्ग, अर्थात् सर्वोच्च स्वर्ग नै उहाँको निम्ति सानो छ भने कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 वास्तवमा कसैले पनि परमेश्वरको निम्ति मन्दिर बनाउन सक्दैन किनभने सम्पूर्ण स्वर्ग नै उहाँको निम्ति सानो हुन्छ। परमेश्वरलाई धूप बाल्ने स्थानभन्दा ठूलो मन्दिर कसरी म बनाउन सक्छु र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर उहाँको निम्ति कसले मन्दिर बनाउन सक्छ? किनकि आकाश र सबैभन्दा सर्वोच्च स्वर्गमा समेत उहाँ अटाउन सक्नुहुन्न। उहाँको सामु बलिदानहरू चढाउने ठाउँबाहेक उहाँको निम्ति मन्दिर बनाउने म को हुँ र? Viz kapitola |