Online Bible

- Reklamy -




२ इतिहास 2:14 - पवित्र बाइबल

14 त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसँग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका निकासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनी दानवंशी स्‍त्रीका छोरा हुन्‌। तिनका पिताचाहिँ एक टुरोसवासी हुन्‌। तिनी सुन र चाँदी, काँसो र फलाम, ढुङ्गा र काठका काम र बैजनी, रातो र नीलो धागो र मलमलका कपड़ाका काममा पनि अनुभवी कारीगर हुन्‌। तिनी बुट्टाका काममा तालीम पाएका मानिस हुन्, र तिनलाई दिएको कुनै पनि नमूनाको काम गर्न सक्‍छन्‌। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्‍वामी तपाईंका पिता दाऊदका कारीगरहरूका साथमा काम गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनकी आमा दान कुलकी चेली थिइन् र उनका बुबा टुरोस देशका बासिन्‍दा थिए। उनले सुन, चाँदी, काँसा, फलाम, ढुङ्गा र काठको काम गर्न जान्‍दछन्। नीला, बैजनी र राता रङ्गका कपडा र मिहिन सुती कपडाको काम पनि उनले गर्न सक्‍छन्। उनले सबै प्रकारका कुँदाइका काम गर्न सक्‍छन् र जस्‍तो नक्‍शा दिइन्‍छ, त्‍यसअनुसार काम गर्न सक्‍छन्। उनलाई आफ्‍ना शिल्‍पकारहरू र मेरा स्‍वामी, तपाईंका पिता दाऊद राजाका निम्‍ति काम गर्ने कारिगरहरूसित काम गर्न दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जसकी आमा दान वंशकी र बुबाचाहिँ टायरका हुन्। यिनी सुन, चाँदी, काँसा र फलाम, पत्थर र काठका काम, साथै बैजनी, रातो र निलो धागो र मलमलका कपडाका काममा पनि अनुभवी शिल्पकार हुन्। यिनी बुट्टाका काममा तालिम पाएका मानिस हुन् र यिनलाई दिइएको कुनै पनि नमुनाको काम गर्न सक्छन्। यिनी तपाईंका दक्ष कारिगरहरूका साथमा र मेरा मालिक तपाईंका पिता दावीदका कारिगरहरूका साथमा काम गर्नेछन्।

Viz kapitola kopírovat




२ इतिहास 2:14

Následuj nás:

Reklamy


Reklamy