२ इतिहास 13:10 - पवित्र बाइबल10 “तर हाम्रो निम्ति, परमप्रभु हाम्रा परमेश्वर हुनु हुन्छ। हामी यहूदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हारूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “तर हाम्रा निम्ति चाहिँ परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ, अनि हामीले उहाँलाई त्यागेका छैनौं। परमप्रभुको सेवा गर्ने पूजाहारीहरूचाहिँ हारूनका छोराहरू हुन्, अनि लेवीहरूले तिनीहरूलाई सहायता दिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “तर हामी अझै पनि परमप्रभु आफ्ना परमेश्वरको सेवा गर्छौं। हामीले आफ्ना परमेश्वरलाई त्यागेका छैनौं। हारूनको वंशमा जन्मेका पूजाहारीहरूले आफ्ना सेवाकार्य गर्छन्। लेवीहरूले तिनीहरूलाई सघाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “हाम्रो विषयमा चाहिँ याहवेह नै हाम्रा परमेश्वर हुनुहुन्छ र हामीले उहाँलाई त्यागेका छैनौँ। याहवेहको सेवा गर्ने पुजारीहरू हारूनका छोराहरू हुन्, र लेवीहरूले तिनीहरूलाई सघाउँछन्। Viz kapitola |