२ इतिहास 12:5 - पवित्र बाइबल5 तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्यागेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिनानै तँलाई शीशकको सामना गर्न छोड्ने छु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब रहबामलाई र शीशकको आक्रमणदेखि बाँच्नलाई यरूशलेममा भेला भएका यहूदाका कुलनायकहरूलाई शमायाह अगमवक्ताले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘तिमीहरूले मलाई त्यागेका छौ, यसैकारण अब म तिमीहरूलाई शीशकको हातमा सुम्पिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शीशकबाट बाँच्न यरूशलेममा भेला भएका राजा रहबाम र यहूदी अगुवाहरूकहाँ अगमवक्ता शमायाह गए र भने, “तपाईंहरूलाई परमप्रभुको यो सन्देश छ, ‘तिमीहरूले मलाई त्याग्यौ र मैले अब तिमीहरूलाई शीशकका हातमा छोडिदिएको छु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब अगमवक्ता शमायाह रहबाम र यहूदाका अगुवाहरूकहाँ आए, जो शिशकको डरले यरूशलेममा भेला भएका थिए, र तिनले उनीहरूलाई भने, “याहवेहले यसो भन्नुहुन्छ, ‘तिमीहरूले मलाई त्याग्यौ; यसैकारण अब मैले तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु।’ ” Viz kapitola |