२ इतिहास 10:16 - पवित्र बाइबल16 इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अँहँ। हामीले यिशैका कुनै भूमि पाउने छौं? अँहँ। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराले तिनका आफ्नै मानिसहरू माथि शासन गरोस्।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब राजाले तिनीहरूको कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएल हो, आ-आफ्नो पालमा जाओ, हे दाऊद, तिम्रो आफ्नै घर सँभाल।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 राजाले आफ्ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्च्याएर भने, “दाऊद र उनका सन्तानलाई नाश गर। तिनीहरूले हाम्रा लागि कहिले, के नै गरे र? इस्राएलका मानिसहरू हो! हिंड, घर जाऔं! रहबाम आफैंले आफ्नो बाटो सम्हालोस्!” यसरी इस्राएलका मानिसहरूले राजद्रोह गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी सारा इस्राएलीहरू आ-आफ्ना घरतिर गए। Viz kapitola |